Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दलीय चुनाव चिह्न माग्दै नयाँ शक्तिसहित ६८ दलीय मोर्चाद्वारा आन्दोलनको घोषणा


0
Shares

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले वैशाख २ गतेदेखि ८ गतेसम्म रत्नपार्क, शान्तिबाटिकामा रिले अनसन बस्ने जनाएको हो ।

प्रधानमन्त्री निवास र संसद भवन घेराऊ गर्ने तथा निर्वाचन शिक्षालगायतका चुनावी कार्यक्रममा अवरोध गर्ने धम्की पनि उनीहरुले दिएका छन् ।

पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले नियोजित ढंगले संसदमा भएका दलहरुलाईमात्र चुनाव चिह्न दिने गरी ऐन ल्याइएको आरोप लगाए ।

दलीय चुनाव चिह्न नदिने सरकारको निर्णयले मुलुकलाई अनिर्णयको बन्दी बनाउने खोजेको आरोप उक्त मोर्चाको रहेको छ ।