Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


विहीबार सेयर बजार सामान्य अंकले ऋणात्मक


0
Shares

तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंकजसोले ऋणात्मक रही १६ सय ९७ कायम भएर थामियो ।

बीमा र विकास बैंक समूहबाहेक अरु समूह ओरालो लागे । जलविद्युत् र वाणिज्य बैंक समूह दोहोरो अंकले ओरालो लागे भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे । बीमा समूहमा ६४ अंकको वृद्धि आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको २१ लख ३३ हजार कित्ता सेयर १ अर्ब ४९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Skip This