Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बिहीबार पनि सुनको भाउ उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छपावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार पनि तोलामा ७ सय रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुनप्रति औंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।

Skip This