ललितपुर महानगरपालिकाका उत्कृष्ट महिला समूहहरु पुरस्कृत • Image Khabar Image Khabar


ललितपुर महानगरपालिकाका उत्कृष्ट महिला समूहहरु पुरस्कृत


Imagekhabar
२८ जेष्ठ २०७५, सोमबार २२:५०

ललितपुर महानगरपालिकाका उत्कृष्ट महिला समूहहरु पुरस्कृत

लतिलपुर, जेठ २९ । ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा, सामुदायिक विकास शाखाले उत्कृष्ट ११ महिला समूहलाई पुरस्कृत गरेको छ ।

२५६ महिला समूहबीच तेश्रो पल्टसम्म निरन्तर उत्कृष्ट भइ साउण्ड सिष्टम, बुद्ध मूर्ति तथा कदर पत्र प्राप्त गरेका समूहहरु वैशवर्ण मां पुचः गुजिबहाल, च्यासल महिला समूह, च्यासल, मिखाबहाल महिला समूह मिखाबहाल र रजक महिला समूह धोविघाट रहेको छ ।

दोस्रो तथा पहिलो पटक उत्कृष्ट भइ बुद्ध मूर्ति र कदर पत्र प्राप्त गर्ने समूहहरुमध्ये दोस्रो पटक उत्कृष्ट हुने समूहहरु मणीमण्डप मिसा पुचः पट्को, इकुहिटी महिला समूह धोविघाट रहेको छ ।

पहिलो पटक उत्कृष्ट हुने समूहहरु श्रृष्टि महिला समूह सानेपा, शान्ति महिला समूह भिद्यःलाछि, न्हाय्कंबहिल मिसा पुचः न्हाय्कंबहिल, महापाल, स्वंगः चिभाः मिसा पुचः ख्वाय्बहिल, नकबहिल मां पुचः नकबहिल रहेको छ ।

पुरस्कृत हुने समूहहरुलाई महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्यालले पुरस्कार वितरण गरेका हुन ।

महिला समूहहरुले गरेको कार्यक्रमको प्रतिवेदनको आधारमा क्षमतामूलक, आयमूलक, जनचेतनामूलक कार्यक्रम तथा वचत तथा ऋण परिचालनको आधारमा मूल्याङ्कन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्