३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अफगानिस्तानको नागहार प्रान्तमा अमेरिकाले बम खसाल्यो


0
Shares

‘जीबियू ४३’ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को नाम दिइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको हो । सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोगमा ल्याइएको थिएन ।

इस्लामिक अतिवादी समूह ‘आइएस’को क्षेत्रमा बम खसालेको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिटभन्दा धेरै भएको खबरमा उल्लेख छ ।

गत हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिक मारिएपछि अमेरिकाले यो बम खसालेको हो । (एजेन्सी)