Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


डीपीएल क्रिकेट आज दुई खेलः कुन कुन टिम भिड्दैछन् ?


0
Shares

आजको पहिलो खेलमा शक्ति गौचनले कप्तानी गरेको रुपन्देही च्यालेन्जर्स र बसन्त रेग्मीको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्स भिड्नेछन् ।

आजै हुने दोस्रो खेलमा नेपाली राष्ट्रिय टोलीका नियमित कप्तान पारस खड्काको टिम चौराहा धनगढी र उपकप्तान ज्ञानेन्द्र मल्लको सिवाईसी अत्तरिया भिड्नेछन् ।

यसअघि बिहीबार भएका खेलहरुमा कन्चनपुर आइकोनिक र बिराटनगर किङ्स बिजयी भएका छन् ।

बिनोद भण्डारी नेतृत्वको कन्चनपुर आइकोनिकले पारस खड्का कप्तान रहेको धनगढी टिम चौराहालाइ ११ रनले पराजित गर्‍यो ।

खेलमा १०६ रनको बिजयी लक्ष्य पछ्याएको धनगढी मात्र ९४ रनमा अलआउट हुन पुग्यो ।

प्रतियोगिताअन्तर्गत हिजै भएको दोस्रो खेलमा शरद भेषावकरले नेतृत्व गरेको बिराटनगर किङ्सले ज्ञानेन्द« मल्ल नेतृत्वको सिवाइसी अत्तरियालाइ ८ विकेटले पराजित गर्‍यो ।

खेलमा अत्तरियाले प्रस्तुत गरेको ९३ रनको सामान्य लक्ष्य बिराटनगरले १२ औ ओभरमा मात्र २ विकेट गुमाउदै पुरा गर्‍यो ।