
कार्यालयले मतदाताहरुलाई मतदाता शिक्षाको प्रशिक्षण समेत सुरु गरेको छ ।
स्थानीय तहमा कति प्रतिनिधि हुन्छन्, मतदान गर्दा बदर नहुने गरी कसरी मतदान गर्ने, नयाँ संरचनाअनुसार स्थानीय तहमा प्रतिनिधित्व गर्नेको समावेशिता कस्तो रहन्छ भन्ने जस्ता विषयमा प्रशिक्षण दिइएको छ ।
प्रशिक्षणपछि उनीहरुलाई गाउँ गाउँमा मतदाता शिक्षाका लागि घर घर पठाईने कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि मतदान स्थलको पुनरावलोकन गरी उपयुक्त स्थानमा मतदान केन्द्र तोकी निर्वाचन कार्यालयमा पठाई सकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ईश्वर सिंखडाले जानकारी दिए ।
धादिङमा दुई लाख छ हजार दुई मतदाता छन् । जिल्लाभर एक सय नौ मतदान स्थल तोकिएको छ भने दुई सय ६५ मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।
नयाँ संरचना अनुसार दुई नगरपालिकासहित १३ वटा स्थानीय तह रहेको धादिङमा १ सय ४ वडा वडा छन् । जहाँ पाँच सय ७४ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।
प्रतिक्रिया दिनुहोस्