Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


स्थानीय तहको निर्वाचन कुनैपनि बहानामा रोकिँदैन : खनाल


0
Shares

                                                                                 फाइल फोटो
एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता भोलनाथ पोखरेलले नयाँवर्ष २०७४ सालको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन कुनैपनि बहानामा नरोकिने र एमालले रोक्न नदिने बताए ।

वरिष्ठ नेता खनालले निर्वाचन भाँड्नका लागि अनेक ढंगले लागेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई सबैले परास्त गर्नुपर्नेमा जोड दिए ।

संविधान कार्यान्वयन, देशमा शान्ति, स्थायित्व र विकासका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको भन्दै सोहीअनुसार निर्वाचनको तयारी गर्नका लागि उनले आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए ।

नेपाल निजामती कर्मचारी संगठनका नेता पोखरेलले श्रमिक कर्मचारी हकहितका लागि कर्मचारी संगठन आवश्यक रहेको बताएका थिए । रासस