Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


जलविद्युत् आयोजनामा निजी क्षेत्रबाट ‘अहिलेसम्मकै ठूलो’ लगानी


0
Shares

दुगड समूहले ७७ मेगावाटको लिखु–१, ५१ मेगावाटको लिखु–२ र २९ मेगावाटको लिखु ‘ए’ आयोजनाको निर्माण सुरु गरेको हो ।

आयोजनाको ऊर्जामन्त्री जनार्दन शर्माले शुभारम्भ गरे ।

जलविद्युत् आयोजनामा निजी क्षेत्रबाट हुन लागेको यो अहिलेसम्मकै ठूलो लगानी रहेको जनाइएको छ ।

२१ अर्ब रुपैयाँको अनुमानित लागतमा निर्माण हुने आयोजना २०७७ साउनभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।