Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राप्रपाले आयोगविरुद्ध जनमत सिर्जना गर्ने


0
Shares

पार्टीको शुक्रबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले स्थानीय तहमा जनतालाई त्यस विषयमा बुझाउने तथा दबाबमूलक सशक्त विरोधका कार्यक्रम गर्नेबारेमा निर्णय गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले यही वैशाख ८ गते देशभर रहेका निर्वाचन कार्यालयमा ध्यानाकर्षण गराउने तथा कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सो पार्टीको विधानमा रहेका विभिन्न बुँदामध्ये ती दुई बुँदा पछिल्लो संविधान अनुकूल नरहेको भन्दै निर्वाचन आयोगले गत चैत ४ गते खारेज गर्ने निर्णय गरेको बताइएको छ । रासस