
शुक्रबार राति सम्पन्न खेलमा गुजरात लायन्सले राइजिङ पुणे सुपरजाइन्टलाई ७ विकेटले पराजित गरेको हो । गुजरातले टस जितेर पहिले ब्याटिङका लागि निम्तो दिएपछि राइजिङ पुणेले ८ विकेटको क्षतिमा १७१ रनको योगफल तयार पारेको थियो ।
१७२ रनको लक्ष्य गुजरातले दुई ओभर बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गरेको हो । गुजरातका लागि ब्रेन्डम म्याककुलमले सर्वाधिक ४९ रन बनाएका थिए । त्यस्तै ड्वेन स्मिथले ४७ र सुरेश रैनाले अविजित ३५ रन बनाए ।
यसअघि शुक्रबारै भएको पहिलो खेलमा मुम्बईले रोयल च्यालेन्जर बेंग्लोरलाई ४ विकेटले पराजित गरेको थियो । बेंग्लोरले कप्तान विराट कोहलीको ६२ रनको मद्दतमा १४२ रन बनाएको थियो ।
१४३ रनको विजयी लक्ष्य मुम्बइले ७ बल अगावै पुरा गरेको थियो । मुम्बईका लागि किरन पोलार्डले सर्वाधिक ७० रन बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्