Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सेना भन्दै ठगी गर्ने पक्राउ


13
Shares

काभ्रे, असार ५ । नेपाली सेनाको मान्छे हुँ भन्दै ठगी गर्ने एउटा गिरोहलाई काभ्रे प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका– ४ का केवल राई सुनार, सोही वडाका भीम महाजु, वडानम्बर ५ का रामबहादुर तामाङ र तनहुँ जिल्ला मेरलुङ गाविस ४ का अमर अधिकारी रहेका छन् ।
उनीहरुले धुलिखेल नगरपालिकका चन्द्रकुमार लामाबाट बिष्णुदल गण सेनाको ब्यारेक सस्तोमा राशन सामान उपलब्ध गराउँछु भन्दै २ लाख ५० हजार रुपैया ठगी गरेका थिए ।
५ लाख ६९ हजार रुपेया बराबरको सामान सस्तो मिलाइदिन्छु भनी उनीहरुले सुरुमा २ लाख ५० हजार रुपैयाँ ठगि गरेर भागेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।