२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु


0
Shares

आगामी ३१ गते गरिने स्थानीय चुनावका लागि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्न लागिएको हो । सबै जिल्लामा तालिम दिइसकेकाले मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँ पुगेर मतदातालाई शिक्षा दिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

एक निर्वाचन केन्द्रमा एकजना मतदाता कार्यकर्ता खटिने व्यवस्था मिलाइएको छ । आयोगले सबै मतदान केन्द्रका लागि २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको जनाएको छ ।

स्थानीय तह चुनावका लागि खरिद गरिएका ३० हजार मतपेटिका सोमबारसम्म प्राप्त हुने पनि निर्वाचन आयोगले जनाएको छ । देशभरका ७ सय ४४ स्थानीय तहको चुनावका लागि ८४ हजार मतपेटिका आवश्यक रहेकोमा ३० हजार थान खरिद गरिसकिएको आयोगको भनाइ छ ।

आइतबारबाट चुनावका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा ल्याइदै छ । मधेशलगायत समग्र देशभर चुनावको काम सहजरुपमा भइरहेको आयोगले जनाएको छ ।