२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


राजनीतिक दलहरुबाट आचारसंहिता उल्लंघन


0
Shares

निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ नम्बर ‘झ’ मा सार्वजनिक स्थलमा पर्चा टाँस्न, टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख भए पनि पाख्रीबास र धनकुटा नगरपालिका क्षेत्रमा जताततै नेकपा माओवादी केन्द्रले भित्ते लेखन गरेको छ ।

कांग्रेस र एमालेका शिक्षकसमेत निर्वाचन आचारसंहिता विपरीत चुनावी सभामा सहभागी भइरहेका छन् । निर्वाचन आचारसंहिताको ५ नम्बरमा स्थानीय प्रशासनको अनुमति नलिई उम्मेदवार वा राजनीतिक दलले सार्वजनिक स्थालमा कुनै किसिमको जुलुस, आमसभा ¥याली, बैठक र भेला गर्न नहुने उल्लेख भए पनि धनकुटाका कुनै दलले पनि यो पालना गरेका छैनन् ।