Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दलीय चुनावचिन्हको माग गर्दै बाबुराम भट्टराईसहितका नेताहरु अनशनमा


0
Shares

दलीय चुनाव चिह्नको माग गर्दै नयाँ शक्तिसहितका दलले रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन शुरु गरेको अवसरमा बोल्दै नेता भट्टराईले एउटै चिह्नमा चुनाव लड्न पाउनुपर्ने माग गरे ।

उनले संविधानले तोकेको समयसीमामा तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आफूहरु रहे पनि सरकारको दबाबमा आयोगले गरेको व्यवस्था विभेदयुक्त रहेको बताए ।

८ गतेसम्म हुने अनशनको पहिलो दिन शनिबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसहित ६८ दलका मूख्य नेता अनशनमा बसेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र चुनावमा दलीय चिह्न पाउनेगरी निर्वाचन ऐन बनेपछि ६८ दल विरोधमा उत्रिएका छन् ।