१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


स्वीफ्ट बैंकिङ प्रणाली ह्याक गरेको आरोप


0
Shares

ह्याकिङ समूह स्याडो ब्रोक्रसले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी, एनएसएले विश्वव्यापी रुपमा बैंकिङ प्रणालीमा निगरानी गरिरहेको भन्ने आरोपसहितको कागजात सार्वजनिक गरेको हो ।

एनएसएले विश्वव्यापी रुपमा विभिन्न बैंकमा हुने आर्थिक कारोबारको निगरानी गरेको आरोप लगाइएको हो । यो कुरा सत्य भएमा सन् २०१३ मा एडवार्ड स्नोडेनले सार्वजनिक गरेपछि एनएसएका बारेमा सबैभन्दा ठूलो कागजात चुहावट मानिने छ ।

विभिन्न विश्लेषक र अनुसन्धानकर्ताले स्याडो ब्रोक्रसले जारी गरेको सूचना विश्वसनीय देखिएको बताएका छन् । बेल्जियममा मूख्यालय रहेको स्वीफ्टले भने गैरकानूनी रुपमा कुनै संस्था तथा समूहले आफ्नो बैंकिङ प्रणालीमा पहुँच पुर्‍याएको जानकारी नरहेको जनाएको छ ।

स्वीफ्ट नेटवर्कबाट विश्वका एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउने गरिन्छ । (एजेन्सी)