 
	    निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका अधिकारीहरुसँग छलफल गरी यस्तो निर्देशन दिएको हो ।
आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर हवाई टिकट प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिए ।
यसैगरी आयोगले हवाई सेवामा निर्वाचनसँग सम्बन्धित सामग्री समयमै पुर्याउनुपर्ने भएकाले सोहीअनुसारको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।
आयोगले पहाडी तथा हिमाली क्षेत्रमा उडानका लागि नियमित र विशेष उडान गर्नुपर्ने भएमा समेत विशेष व्यवस्था गर्न निर्देशन दिएको छ ।
निर्वाचन अवधिभरिका लागि विमानस्थलहरूमा निर्वाचन हेर्ने गरी सम्पर्क अधिकारी (फोकल पर्सन) तोक्न र समग्रमा गतिविधिको अनुगमन गर्न नागरिक उड्डयन मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिएको जानकारी आयोगले दिएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्