१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


बुर्किना फासोले ४५ टन सुन उत्खनन गर्ने


0
Shares

सुनखानीमा भएका गतिविधिको प्रगति हेर्दा सन् २०१७ भित्र ४५ टनभन्दा बढी सुन उत्खनन हुने देखिएको थिवाले शुक्रबार (हिजो) संसदलाई बताएका हुन् ।

उनले यसवर्षमा दुई नयाँ खानीबाट समेत सुनको उत्खनन सुरु गरिएकाले उत्पादनमा वृद्धि हुने देखिएको बताएका हुन् । उनका अनुसार बुर्किनाफासोमा अहिलेसम्म आठ ओटा सुन खानी सञ्चालनमा रहेकामा अबदेखि सो संख्या १० पुग्नेछ ।

त्यसैगरी पश्चिम अफ्रिकी राष्ट्र बुर्किनाफासोमा जिंकको उत्पादनमा पनि वृद्धि गर्दै एक लाख ३० हजार टन उत्खनन गरिने र यो अहिलेसम्मकै सबैभन्दा धेरै हुने प्रधानमन्त्री थिवाले बताए ।

बुर्किना फासोमा खानी सञ्चालनबाट सन् २०१६ मा ७० लाख अमेरिकी डलर राजस्व आम्दानी भएको थियो । अघिल्लो वर्षको भन्दा १२.८ प्रतिशत वृद्धि हुँदा राजस्व आम्दानी झन्डै पौने चार करोड अमेरिकी डलर पुगेको छ ।

पछिल्ला वर्षमा राष्ट्रिय राजस्व संकलन दर बढाउने उद्देश्यले यहाँको सरकारले खानीजन्य उत्पादनमा वृद्धि गरेको छ । रासस/सिन्ह्वा