३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


सिरियामा आत्मघाती विस्फोट, ४५ जनाको मृत्यु


0
Shares

संघर्षको चेपुवामा परेका मानिसलाई सुरक्षित स्थानमा लैजान विद्रोही नियन्त्रित क्षेत्रमा बस केहीबेर रोकिंदा आक्रमण भएको थियो । बसमा दुईवटा गाउँबाट मानिसहरुलाई लगिंदै थियो ।

ती गाउँ विद्रोहीको घेरामा रहेको अधिकारीहरुले जनाएका छन् । यो घटनापछि संघर्षको चेपुवामा परेकाहरुलाई बाहिर लैजान थप चुनौती बनेको बताइएको छ ।

संघर्षको चेपुवामा फसेकाहरुलाई चार शहरबाट लैजान सहमति भएको थियो । विद्रोहीहरुले भने इरान र कतारको मध्यस्थतामा भएको सम्झौता सरकारले उल्लंघन गरेको आरोप लगाएको छ ।

सरकार र विद्रोही नियन्त्रित क्षेत्रबाट करीब ३० हजार मानिसलाई निकाल्नु पर्ने अनुमान छ । (एजेन्सी)