३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


उत्तर कोरियाद्वारा गरिएको मिसाइल परीक्षण विफल भएको दाबी


0
Shares

दक्षिण कोरियाली सेनाका अनुसार उक्त परीक्षण पूर्वी तटीय क्षेत्रमा गरिएको थियो । मिसाइल परीक्षणबारे विस्तृत अध्ययन भइरहेको दक्षिण कोरियाले जनाएको छ ।

अमेरिकाले पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक मिसाइल परीक्षण गर्न खोजेको तर पूर्णतः असफल भएको दाबी गरेको छ ।

कोरियाली प्रायद्विपमा भड्काउपूर्ण कदम जारी राखे अमेरिकाविरुद्ध आणविक आक्रमण गर्न तयार रहेको उत्तर कोरियाले चेतावनी दिएको छ ।

आफ्ना संस्थापक नेता किम इल सङको १०५ औं जन्म जयन्ती मनाइरहेका बेला उत्तर कोरियाले मिसाइल परीक्षण गर्ने अनुमान गरिएको थियो । शनिबारमात्र उत्तर कोरियाले सेना, ट्याङकलगायत अरु सैन्य उपकरणसहित राजधानी प्योङयाङमा सैन्य परेडमार्फत् शक्ति प्रदर्शन गरेको थियो ।

यसअघि उत्तर कोरियाले पाँचवटा आणविक परीक्षण गरिसकेको छ भने श्रृंखलाबद्ध रुपमा मिसाइल परीक्षण गरेको छ ।

संयुक्त राष्ट्रसंघले भने उत्तर कोरियामाथि कुनै पनि प्रकारको आणविक परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । (एजेन्सी)