३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


टर्कीमा राष्ट्रपतिको शक्ति बढाउने विषयमा जनमत संग्रह


0
Shares

राष्ट्रपति रिसेप तैयप अर्दोगानले संसदीय व्यवस्थालाई प्रतिस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीमा लैजान चाहेका छन् ।

जनमत संग्रहको नतिजा अर्दोगानको पक्षमा आए उनी सन् २०२९ सम्म शक्तिशाली राष्ट्रपतिका रुपमा रहने छन् ।

राष्ट्रपतिका समर्थकहरुले नयाँ कदमले मुलुकलाई आधुनिक बनाउने बताएका छन् भने विपक्षीले भने यसले ठूलो निरंकुशता निम्त्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अर्दोगान एक दशकसम्म प्रधानमन्त्री बनेपछि सन् २०१४ मा राष्ट्रपति बनेका हुन् । टर्की करिब एक शताब्दीअघि गणतन्त्रात्मक मुलुक बनेको थियो । (एजेन्सी)