२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


धादिङमा कहाँ–को उम्मेदवार ?


0
Shares

धादिङ जिल्लाको ११ गाउँपालिकामध्ये अधिकांशमा एमाले र नेपाली कांग्रेसले उम्मेदवार छानेपनि नगरपालिकामा भने उम्मेदवारको विवादले राप्रपाबाहेक अन्य दलले उम्मेदवार छान्न सकेका छैनन् ।

त्रिपुरासुन्दरीमा एमालेका शम्भु थापा, नेपाली कांग्रेसका वासु तिमल्सिना, नेत्रावतीमा नेपाली कांग्रेसका टेकजंग लामा, रुबीभ्यालीमा एमालेका जीवन तामाङ, माओवादी केन्द्रका रामसिंह तामाङ, गंगा–जमुनामा एमालेका इन्द्रबहादुर श्रेष्ठ, खनियाबासमा नेपाली कांग्रेसका रणबहादुर तामाङ, एमालेका प्रदीप फ्यूबा र थाक्रेमा एमालेका रामकुमार आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएको ती पार्टीले बताएका छन् ।

ती दलले नीलकन्ठ र धुनीबेसी नगरपालिकामा भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

नीलकन्ठ नगरपालिकामा राप्रपाका तर्फबाट श्यामसिंह ठकुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।

दुई लाख ६ हजार ४५ मतदाता रहेको धादिङ जिल्लामा मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवक खटाइएको र उनीहरुलाई तालिमपछि गाउँगाउँमा खटाइएको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले बताए । रासस