Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


संसारकै सबैभन्दा ठूलो मुटु १८० किलोको (फोटोफिचर)


0
Shares

‘बीबीसी अर्थ’काअनुसार संसारमा सबैभन्दा ठूलो मुटु समुद्रमा बस्ने माछाको रहेको र त्यसको तौल १८० केजी तथा आकार कारकोभन्दा ठूलो रहेको छ ।

अहिलेसम्म पत्ता लगाइएकोमध्ये सबैभन्दा ठूलो मुटु समुद्रको गहिरो सतहमा बस्ने नीलो ह्वेल माछाको हो ।

न्यू फाउन्डल्यान्ड क्यानडास्थित रोयल ओन्टरियो संग्रहालयका विज्ञहरुले पहिलोपटक समुद्रको बरफमा ठोक्किएर मरेको नीलो ह्वेल माछाको अध्ययन गर्दा उक्त तथ्य बाहिर आएको हो ।

संग्रहालयको एक समूहले उक्त मरेको २३.३ मिटर लामो नीलो ह्वेलको अध्ययन गरेका थिए ।

संग्रहालयका स्तनपायीशास्त्री ज्याकुलियन मिलरले सुरुमा माछाको छातीको भाग निकालेर हेर्दा सबै मुटु नै होला भन्ने नलागेको बताए ।

 

‘तर, हामीले त्यस भागलाईमात्र अध्ययन गर्दा सबै मुटुको धमनी तथा रक्तनलीहरु चलिरहेको पाएपछि विस्तृत् अध्ययन गरेका थियौं’–उनले भने–‘वास्तवमा अध्ययन गरेपछि हामीले नसोचेको दुईओटा कारजत्रै ठूलो आकारको मुटु रहेको थाहा पायौं ।’

 

मुटुमा मानिसको टाउको छिराउन सकिने धमनीहरु रहेकोसमेत संग्रहालयले उल्लेख गरेको छ ।

उनीहरुले उक्त ह्वेल माछाको मुटुबाट बगेको रगत रोक्न १ हजारओटा प्लास्टिकका ग्यालिन प्रयोग गर्नुपरेकोसमेत बताएका छन् ।

 

अमेरिकाको टेननेसिसस्थित लिकंन मेमोरियल विश्वविद्यालयका शरीर संरचना विज्ञान विभागका डा.रोर्वट हेनरी र डा.पाउल नडेरले संग्रहालयका टोलीसँग मिलेर उक्त ह्वेलको थप अध्ययन गरेका थिए । (एजेन्सी)