Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


कन्चनपुरले अत्तरियालाई ६ विकेटले हरायो


0
Shares

लगातार चौथो जित हासिल गर्नेक्रममा लिगको १३औं खेलमा रुपन्देहीले आइतबार विराटनगर किंग्सलाई ६१ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनायो ।

अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२ र पुष्प थापाले १७ रन बनाए । विराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए ।

जवाफमा विराटनगर १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो ।

कप्तान शरद भेषावकरलेमात्र दोहोरो रन जोड्नेक्रममा ३४ रन बनाएको इनिङलाई ध्वस्त पार्नेक्रममा शहाब आलमले ४ तथा दीपेश श्रेष्ठ र कृष्ण कार्कीले ३/३ विकेट लिए । शहाब ‘म्यान अफ द म्याच’ घोषित भए ।

आइतबारै भएको लिगको १४औं खेलमा कन्चनपुर आइकोनिक विजयी भएको छ । कन्चनपुरले सीवाइसी अत्तरियालाई ६ विकेटले हरायो ।

खेलमा पहिले ब्याटिङ गरेको अत्तरियाले ८५ रनमात्र बनाउन सक्यो । प्रदीप ऐरीले सर्वाधिक १९ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा सुनील धमला र अविनाश कर्णले समान ३/३ विकेट लिए ।

जवाफमा कन्चनपरले १० ओभरमै ४ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो ।

अलराउन्डर सुनीलले सर्वाधिक २८ रन जोडे । त्यस्तै, सागर पुन र हसिम अन्सारीले समान २२/२२ रन जोड्दा कप्तान विनोद भण्डारीले ५ बलमा अविजित रहँदै १६ रन बनाए । सुनील ‘म्यान अफ द म्याच’ घोषित भए ।