Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


आर्थिक वृद्धि उच्च बनाएको भन्दै अर्थमन्त्रीको प्रशंसा


0
Shares

चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने प्रक्षेपण छ । सो वृद्धिदर २५ वर्षयताकै उच्च हो । आव २०५०/५१ पछि उच्च आर्थिक वृद्धि हुन लागेको हो ।

लोडसेडिङ अन्त्य, सरकारले लिएका आर्थिक नीति एवं आर्थिक परिचालनका कारण आर्थिक वृद्धिदर उच्च हुन लागेका दाबी सरकारको छ ।

आइतबार मन्त्रालयमा महासंघका नवनिर्वाचित पदाधिकारीहरुले अर्थमन्त्रीसँगको भेटमा वर्षौंपछि मुलुकको आर्थिक वृद्धिदर बढाएकोमा खुसी व्यक्त गर्दै अझै लगानीमैत्री वातावरण बनाउन आग्रह गरेको जानकारी गराइएको छ ।