३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बेलायती राजकुमार ह्यारी भन्छन्, ‘आमाको वियोग झेल्न साह्रै गाह्रो भयो’


0
Shares

बेलायती अखबार ‘टेलिग्राफ’ सँग कुरा गर्दै उनले आमाको वियोग झेल्न दुई दशक लागेको खुलासा पनि गरे । उनले आमाको वियोगको तनावबाट मुक्त हुनका लागि आफू चिकित्सकको समेत सहयोग लिएको बताए ।

‘१२ वर्षको उमेरमा आमा गुमाउनु र त्यसको २० वर्षसम्म आफ्ना सबै भावनालाई दबाएर राख्नु पर्दा मेरो नीजि जीवनको साथै काममा पनि धेरै असर गर्‍यो,’ उनले भनेका छन् ।

धेरै पटक आफू हतास भएको पनि उनले खुलासा गरेका छन् । आफ्ना दाजुले समेत मातृ वियोगबाट बाहिर निस्कन आफूलाई मद्दत गरेको उनले बताए ।

ह्यारीकी आमा प्रिन्सेज डायनाको निधन सन् १९९७ मा एक दुर्घटनामा भएको थियो ।

आफूभित्रको आक्रोस व्यक्त गर्नका लागि बक्सिङले पनि ठूलो मद्दत गरेको उनको भनाइ छ । ह्यारीले मानसिक स्वास्थ्यसँग जुधिरहेका मानिसलाई खुलेर कुरा गर्न प्रोत्साहन गर्ने उद्देश्यले आफ्नी आमाको वियोगबारे अखबारसँग चर्चा गरेको बताइन्छ । (एजेन्सी)