२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘बढ्दो विदेशी भाषाको मोहले मौलिक भाषाको प्रयोग घट्नु चिन्ताको विषय’


0
Shares

काठमाडौं, फागुन ९ । उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो विदेशी भाषाको मोहले मौलिक भाषाको प्रयोग घट्नु चिन्ताको विषय भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’लाई सम्बोधन गर्दै उनले भाषाले संस्कृति जगेर्ना गर्ने भएकाले भाषाको संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले सांस्कृतिक विविधतामा राष्ट्रिय एकता हुने भएकाले भाषाको संरक्षण अत्यावश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपालका ३६ ओटा मातृभाषाका ४२ कविले आ–आफ्ना मातृभाषामा कवितावाचन गरेका थिए भने विभिन्न जातीय झाँकीहरु प्रस्तुत् गरिएको थियो ।