
दक्षिण कोरिया भ्रमणमा रहेका पेन्सले दुई कोरियालाई विभाजन गर्ने गैर सैन्य क्षेत्रमा पुगेपछि तनाव समाधानका लागि सबै उपाय खुला रहेको बताए । उनका बुबाले कोरियाली युद्धमा भाग लिएका थिए ।
उत्तर कोरियाले गरेको मिसाइल परीक्षण विफल भएको केही घण्टा पछि नै अमेरिकी उपराष्ट्रपति पेन्स दक्षिण कोरिया पुगेका हुन् ।
कोरियाली प्रायद्विपमा बढ्दो तनाबबीच अमेरिका र दक्षिण कोरियाले सयुक्त हवाई सैन्य अभ्यास गरेका छन् ।
यसलाई उत्तर कोरियाविरुद्ध आक्रमणको तयारीका रुपमा हेरिएको छ ।
अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने चेतावनी दिएको छ भने उत्तर कोरियाले यसको जवाफ आणविक हतियारबाट दिने जनाइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्