२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


गाउँमा गएर चुनावी वातावरण बनाउनोस् : प्रमुख आयुक्त यादव


0
Shares

                                                                                     फाइल फोटो
निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले मतदानको मिति नजिकिँदै गरेको अवस्थामासमेत राजनीतिक दलका चुनावी गतिविधि आशातीतरुपमा गाउँमा नदेखिएको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने–‘लोकतन्त्रको आधारस्तम्भकारुपमा रहेको स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनप्रति सबै राजनीतिक दलबाट आवश्यकरुपमा प्रचार–प्रसार र मतदाता शिक्षाका लागि पहल हुनुपर्छ । अब त्यसमा कुनै किसिमको कमी–कमजोरी हुनुभएन ।’

अहिले देखिएको राजनीतिक समस्यालाई अविलम्ब समाधान गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै डा. यादवले भने–‘आयोगले अब तत्कालै निर्वाचनका लागि राजनीतिक वातावरण चाहेको छ ।’

उनले भने–‘निर्वाचन आयोग यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बनाएको कार्ययोजनाअनुसार नै अघि बढिरहेको छ । मतदातालाई स्वतन्त्र र भयरहित ढंगबाट मतदान गर्ने वातावरण सरकार र राजनीतिक दलले बनाइदिनुपर्छ ।’

मुलुकका ७४४ स्थानीय तहमा यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनका लागि अहिलेसम्म ७१ जिल्लाको मतपत्र, ६७ जिल्लाको मतदाता नामावली र ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइको काम भइरहेको पनि उनले जानकारी दिए ।

अहिले मतपत्रलाई पोको पारेर जिल्ला पठाउने, नामावली वेबसाइटमा राख्नेजस्ता काम भइरहेको छ ।

आइतबार मुलुकका सातै प्रदेशका ७५ ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना शान्तिपूर्ण ढंगबाट सम्पन्न भइसकेको छ । रासस