२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


फोटोसहितको मतदाता नामावली वेबसाइटमा


0
Shares

स्थानीय तहको निर्वाचन वैशाख ३१ गते आइतबार तोकिएको छ ।

स्थानीय तह निर्वाचनमा २०७३ फागुन ९ गते १८ वर्ष पूरा भइ मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएका मतदातालेमात्रै मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ ।

आयोगले सातओटै प्रदेशका ७५ ओटै जिल्ला र ७४४ ओटै स्थानीय तहको एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको विवरणलाई अन्तिमरूप दिइ मतदाताको जानकारीका लागि वेबसाइटमा राखिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मतदाताले आयोगको वेबसाइट www.election.gov.np मा गइ मतदाता नामावलीमा रहेको आफ्नो नम्बर र जन्ममिति राखेर आफ्नो विवरण हेर्न सकिनेछ ।

स्थानीय तहको पुनःसंरचना भएबाट मतदाताको ठेगाना परिवर्तन भएको हुँदा त्यसलाई मिलाउन आयोगलाई बढी समय लागेको जनाइएको छ ।

नयाँ संरचनाअनुसारको स्थानीय तहको नाम र वडा खुल्ने गरी मतदाताको नामावलीलाई अद्यावधिक गरिएको छ ।

आयोगकाअनुसार मतदाता नामावलीको छपाइकार्य आयोगकै छापाखानाबाट भइरहेको छ र सोमबार (आज) दिउँसोसम्म ६७ जिल्लाको मतदाता नामावली छाप्नेकार्य सकिएको छ ।

यसैगरी, मतदाताको फोटोसहितको मतदाता परिचयपत्रको छपाइकार्य पनि आयोग परिसरमा भइरहेको छ । आजसम्म ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइकार्य पूरा भएको छ ।

मतदाता नामावली ऐन २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य छ ।

आयोगले मतदाता परिचयपत्र मतदाताले मतदान गर्ने केन्द्रबाटै पाउने गरी यही वैशाख २८ गतेबाट वितरण गर्ने योजना बनाएको छ ।

मतदाता परिचयपत्र लिन मतदाता आफैं उपस्थित हुनुपर्नेछ, आफू उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो परिवारका सदस्य यकीन गरी निजले बुझी लिनसक्ने व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिए । रासस