Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


महिलाहरुको चर्चा उपप्रमुखमामात्रैः के भन्छन् महिला नेत्री ? (भिडियोसहित)


0
Shares

यसपटक महिलाहरुको प्रतिनिधित्व पनि मनग्य हुने अवस्था छ । तर, नगर वा गाउँपालिकामा महिलाहरुको चर्चा पनि उपप्रमुखमामात्रै सीमित देखिएको छ ।

देशको राजधानी काठमाडौं महानगरपालिकादेखि दूरदराजका गाउँहरुमासमेत महिलाहरुको चर्चा उपप्रमुखमामात्रै सीमित रहनुलाई महिला नेत्रीहरु तथा अधिकारकर्मीले महिलाप्रतिको अविश्वासकोरुपमा लिने गरेका छन् ।

नेपाली कांग्रेसकी पूर्वसांसद कल्याणी रिजालले दलहरुमा अझैपनि महिलाप्रति अविश्वास रहेका कारण यस्तो भएको तर्क गर्छिन् ।

तर, एमाले केन्द्रीय सदस्य तथा सांसद ममता गिरी भने प्रमुख पदहरुमा महिलाको कम चर्चा हुनुलाई स्वभाविकरुपमा लिन्छिन् ।

एमालेभित्र प्रमुख वा उपप्रमुख दुबै पदमा महिलाहरुको चर्चा प्रशस्तै भएको दाबी उनको छ ।

महिलालाई प्रमुख पदमा कम चर्चा हुनु र उपकोमात्र चर्चा हुनुमा सामन्तवादी संरचनाको उपज ठान्छिन्, महिला अधिकारकर्मी शशी श्रेष्ठ ।

यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टीकी नेत्री पुष्पा ठाकुर संघ र प्रदेशमा पनि महिलाका लागि अनिवार्य संवैधानिक व्यवस्थ हुनुपर्ने माग गर्छिन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।