३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सामाजिक सञ्जालको दुरुपयोग ‘हाइड्रोजन’ बमभन्दा कम छैन : सन्चारमन्त्री


0
Shares

काठमाडौं, फागुन ९ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जालको दुरुपयोग ‘हाइड्रोजन’ बमभन्दा कम नभएकाले यसको नियमन गर्न लागेको बताएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्न यसलाई नियमन गर्नुपरेको प्रस्ट पारे ।

सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले फेकबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको भन्दै यसका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने बताए ।

डिजिटलमा नेपाल जाने परिकल्पना गरिसकेको र दुई वर्षभित्र ‘इन्फर्मेसन सुपर हाइवेय’मा जान लागेको अवस्थामा अभिव्यक्ति स्वतन्त्रतालाई नै बन्देज लगाउन खोज्यो भनेर बुझ्नु ‘भयानक गल्ती’ हुने उनको भनाइ छ ।

अन्य मुलुकमाजस्तै फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल नेपालमा पनि दर्ता हुनुपर्ने भन्दै मन्त्री बाँस्कोटाले नेपालको आफ्नै तीनओटा स्याटेलाइट तयारीमा रहेको जानकारी दिए ।

उनले विद्युतीय अभिलेखलाई मान्यता दिइनेसमेत बताए ।