
विदेशी कामदारलाई नियुक्त गर्नुअघि अष्ट्रेलियालीलाई प्राथमिकता दिइने उनले प्रष्ट गरेका छन् ।
प्रधानमन्त्रीले अष्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकाले स्थानीय स्तरमा रोजगारीको अवसर सृजना गर्नेतर्फ केन्द्रित रहने पनि बताए ।
अष्ट्रेलिया आप्रवासीहरुको मुलुक हो र सधैं रहनेछ भन्दै उनले राष्ट्रिय स्वार्थ अनुसारको आप्रवासी नीति बनाउनु आवश्यक रहेको पनि पत्रकार सम्मेलनमा प्रधानमन्त्री टर्नबुलले भने ।
सन् २०१६ को सेप्टेम्बरसम्म ४५७ भिसामा अष्ट्रेलियामा ९५ हजार ७५७ जना आप्रवासी रहेको कताइएको छ ।
अष्ट्रेलियाली सरकारको यो घोषणाले दक्ष कामदारको रुपमा त्यहाँ रहेका नेपाली पनि प्रभावित हुने छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्