 
	    आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्रगतिमा अघि बढाएको छ ।
मतपत्र र मतदाता परिचयपत्र छपाइ धमाधम भइरहेको भन्दै आयोगले मतपेटिका र आवश्यक सामग्री पनि जिल्ला–जिल्लामा पुर्याउने काम गरिरहेको छ ।
वैशाख २७ गतेदेखि चुनावको अघिल्लो दिनसम्म मतदाता परिचयपत्र वितरण गर्ने तयारी गरिएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।
मतदाताले आफ्नो मतदाता परिचयपत्र आफ्नो निर्धारित् मतदान केन्द्रबाट लिन सक्ने जनाइएको छ ।
वैशाख ३१ गते हुने मतदानका लागि मुलुकभर १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता रहेका छन् ।
निर्वाचनका लागि २१ हजार मतदान केन्द्र तोकिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्