
महानगरपालिकाको वडा नम्बर–४, ९, १०, १५, २२, २५ र २७ मा क्रमशः ढाकामोहन पराजुली, गोपी तुलाचन, महेन्द्र गुरुङ, प्रकाश पौडेल, मित्रलाल बराल, शोभाखर तिमिल्सिना र कुमार गुरुङ एमाले वडा कमिटीबाट वडाध्यक्षमा सर्वसम्मत् सिफारिस भएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिए ।
उनकाअनुसार ती वडामा वडासदस्य, महिला र दलित महिला सदस्यमा पनि सर्वसम्मत् सिफारिस भएका छन् ।
यस्तै, माछापुच्छ«े गाउँपालिकाको वडा नम्बर–१, २, ३, ५, ६, ७, ८, ९ मा क्रमशः अनुप गुरुङ (आशा), विक्रम गुरुङ, सूर्य लम्साल, जुमबहादुर गुरुङ, हरिश्चन्द्र ढुंगाना, सोमबहादुर गुरुङ, कृष्ण दवाडी, दुर्गाबहादुर क्षेत्री सिफारिसमा परेका हुन् ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–१ मा केदारनाथ अधिकारी, २ मा चूडामणि अधिकारी, ३ मा चन्द्रबहादुर गुरुङ, ४ मा ताइकाजी गुरुङ, ५ मा अर्जुनबहादुर केसी, ६ मा लीला देवकोटा, ७ मा घनश्याम चापागाइँ, ९ मा पृथ्वीलाल जैसी, १० मा कुमार गुरुङ र ११ मा हिमबहादुर गुरुङ सर्वसम्मत् सिफारिसमा परेका छन् ।
यसरी नै मादी गाउँपालिकाको वडा नम्बर–१, २, ३, ४, ५, ६, ७, १० र ११ मा क्रमशः सुरज गुरुङ, एक्काजंग गुरुङ, ज्यामप्रसाद गुरुङ, सत्यराज सापकोटा, ई सुब्बा गुरुङ, पसबहादुर बाँस्तोला, बालकृष्ण गुरुङ, कुलप्रसाद गुरुङ र अमृत गुरुङ पनि सर्वसम्मत् सिफारिस पर्नेको सूचीमा छन् ।
यस्तै, रुपा गाउँपालिकाको वडा नम्बर–१, २, ३, ४, ५ र ६ मा क्रमशः सोमसुनारी मगर, श्रीकृष्ण सुवेदी, रामजी अधिकारी, नगेन्द्रवंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङ सर्वसम्मत् भएका छन् ।
महानगरपालिकाका प्रमुख, उपप्रमुख र बाँकी वडाध्यक्ष तथा सदस्यहरु र गाउँपालिकाका केही वडाध्यक्ष र सदस्यको टुंगो अबको चार दिनभित्र लागिसक्ने कार्यालय सचिव क्षत्रीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्