२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


ढाकामा आगलागी, ६९ जनाको मृत्यु


0
Shares

ढाका, फागुन ९ । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी कम्तिमा ६९ जनाको मृत्यु भएको छ भने झण्डै ४० जना गम्भीर घाइते भएका छन् ।

ढाकाको भिडभाडयुक्त क्षेत्र चौकबजारको एक आवासीय भवनबाट आगलागी सुरु भएको थियो । उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो ।

ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताएअनुसार राति १० बजपछि आगो लागेको हो ।

आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए । आगो करिब नियन्त्रणमा आएको बताइएको छ । आगो लाग्नुको कारण थाहा भएको छैन । खानले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए ।

आगो नियन्त्रणमा आएपछि खोजी तथा उद्धारको काम जारी राखिने सरकारी अधिकारीले बताएका छन् ।