Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


मोर्चा आए दुई चरणमा चुनाव गराउन कांग्रेस तयार : देउवा


0
Shares

मंगलबार झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा आयोजित प्रदेश नम्बर–१ को आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले मोर्चालाई मनाउनका लागि संविधान संशोधन प्रस्ताव ल्याएको बताए ।

सभापति देउवाले चुनावबिना मुलुक अगाडि बढ्न नसक्ने भएकाले मोर्चा चुनावमा आए कांग्रेस दुई चरणमा स्थानीय चुनाव गराउन तयार रहेको बताए ।

सभालाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतले सम्बोधन गरेका थिए ।