१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


भारतीय उद्योगपति विजय माल्या लन्डनमा पक्राउ


0
Shares

उनलाई वेस्ट मिनिस्टर अदालतमा पेस गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सरकारी सन्चार संस्था ‘पीटीआई’ले माल्यालाई प्रत्यारोपण वारेन्टका आधारमा पक्राउ गरिएहो हो । उनलाई पक्राउ गर्न गत फेब्रुअरीमा भारतले बेलायतलाई आग्रह गरेको थियो ।

बैंकिङ कसुर र आर्थिक अनियमितताको आरोप उनलाई भारतमा छानबिन थालिएको थियो । यसबाट बच्न उनी भाग्दै हिँडेका थिए ।

किङफिसर एअरलाइन्स कम्पनीका मालिकसमेत रहेका माल्याले बैंकबाट ऋण लिएर नतिरेको आरोप छ ।

रक्सीलगायतका विभिन्न कारोबार गर्ने माल्याको विमान कम्पनी किङफिसरमाथि ९ हजार करोड भारतीय रुपैयाँ ऋण छ ।

सन् २०१५ मा भारतीय स्टेट बैंकको नेतृत्वमा ऋण उठाउन १७ ओटा बैंकले किङफिसर हाउसमा कब्जा गरेका थिए ।

उनीमाथि भारतको सीबीआइले ‘मनी लन्ड्रिङ’को मुद्दा दायर गरेको छ । (एजेन्सी)