 
	    राजनीतिक दलहरु गाउँपालिका र वडामा पार्टी कार्यालय स्थापनाको काम सकाएर उम्मेद्वार छनौटमा जुटेका हुन् ।
२० वर्षपछि हुन लागेको स्थानीय तह चुनावमा उम्मेदवार बन्ने आकांक्षी धेरै हुँदा छनौट गर्न भने दलहरुलाई हम्मे हम्मे परेको छ ।
नेपाली कांग्रेसले २७ मध्ये १६ वडामा निर्विरोध नाम छनौट भएको र आजदेखि गाउँपालिकाको उम्मेद्वार छनौटको काम शुरु गर्नेे जनाएको छ
नेकपा एमालेले सबै वडाको उम्मेद्वार छनोट सकाएको छ । नेकपा माओवादी केन्द्रले भने २० वटा वडाको नाम टुङ्गो लगाएको जनाएको छ ।
७ वटा वडा र गाउँपालिकाको प्रमुखको नाम टुङ्गो लगाउने काम भइरहेको उसको भनाइ छ ।
नयाँ शक्ति पार्टीले भने चुनाव चिह्न नपाएकाले केन्द्रीय समितिको बैठकपछि मात्र उम्मेद्वार छनौटको काम गर्ने जनाएको छ ।
रसुवामा ५ गाउँपालिकाको २७ वटा वडा छ भने ४२ मतदान केन्द्र रहने छन ।
२७ हजार ५ सय ४३ मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन अधिकृत नविन खालिङले बताए । जिल्ला निर्वाचन कार्यालय रसुवामा नौ दल दर्ता भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्