वैशाख ३१ का लागि तोकिएको वैशाख ३१ को मिति बहिष्कार गर्ने र बिथोल्ने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि बसेको पाँच प्रमुख दलका नेताले निर्वाचन गरेरै छाड्ने निष्कर्ष निकालेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको बैठकले निर्धारित वैशाख ३१ को चुनाव नसार्ने र सोही मितिमा गर्ने अठोट व्यक्त गर्दै मोर्चालाई मनाउन अन्तिमसम्मै प्रयास गर्ने निर्णय पनि गरेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने र कसरी चुनाव सम्पन्न गर्ने भन्नेबारेमा दलका नेताहरुको धारणा मागेका थिए ।
उनले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिन्छ कि सकिन्न भन्नेमा पनि राय मागेका थिए । बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले बैशाख ३१ गते नै चुनाव गरिने भन्दै कुनै भ्रममा नपर्न आग्रह गरे ।
मधेसी मोर्चा यदि आउनसक्ने सम्भावना छ भने दुई चरणमा भएपनि चुनाव गराउन सकिन्छ कि भन्नेमा नेताहरुबीच छलफल चाहिँ भएको उनले बताए ।
गृहमन्त्री निधिले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकिएको भन्दै सुरक्षामा कुनै कमजोरी नरहने प्रष्ट गरे ।





प्रतिक्रिया दिनुहोस्