Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


डीपीएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र बिराटनगर किंग्स मैदानमा


0
Shares

फाइनल पुग्नका लागि पहिलो क्वालिफायर खेलमा अहिले रुपन्देही च्यालेन्जर्स र बिराटनगर किंस भिडिरहेका छन् ।

खेलमा बिराटनगरले टस जितेर व्याटिङ गरिरहेको छ । रुपन्देही च्यालेन्जर्सले १२९ रनको चुनौती पाएको छ । खेलमा टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १२८ रनमात्र बनाउन सक्यो ।

यो खेलको विजेता टोली फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न मौका पाउनेछ । आज हुने दोस्रो प्ले अफ खेलमा काठमाडौं गोल्डेन्स् र टिम चौराह धनगढी भिड्नेछन् ।

यो खेलको बिजेताले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्न मौका पाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।