Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


बिराटनगर किङ्स डीपीएल क्रिकेटको फाइनलमा, रुपन्देही २९ रनले पराजित


0
Shares

प्ले अफ अन्तर्गत भएको पहिलो क्वालिफायर खेलमा रुपन्देही च्यालेन्जर्सलाइ २९ रनले पराजित गर्दै शरद भेषावकर नेतृत्वको बिराटनगर फाइनल पुगेको हो ।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२८ रन जोड्यो ।

बिराटनगरका लागी आसिफ शेखले सर्बाधिक ३६ रन जोड्दा शरद भेषावकरले २४ रन बनाए । रुपन्देहीका लागी कप्तान शक्ति गौचनले ३ विकेट लिए ।

जबाफमा १२९ रनको लक्ष्य पछयाएको रुपन्देहीले निर्धारित ओभरमा ९९ रन मात्र बनाउन सक्यो ।

उसका लागी बिक्रम सोबले २३ र पुष्प थापाले २२ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।

खेलमा ४ विकेट लिदै बिराटनगरको जितमा नायक बनेका शुसिल कँडेल म्यान अफ द म्याच चुनिए ।

अब रुपन्देहीले फाइनल प्रबेशका लागि एलिमिनेटर खेलको बिजेतासँग प्रतिष्पर्धा गर्ने छ ।

प्रतियोगिताको एलिमिनेटर खेलमा अहिले पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी र बसन्त रेग्मीको काठमाडौं गोल्डेन्स भिड्दै छन । यो खेलको पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ ।