 
	    बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मतरुपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ ।
त्यस्तै, पर्यटकीय नगरी धुलिखेल नगरपालिका प्रमुखमा पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रमुख अशोक व्याञ्जु तथा उपप्रमुखमा विमला शर्मा, जमुना तामाङ र कमला काफ्लेको नाम सिफारिस गरिएको छ ।
दुबै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम मंगलबार बसेको एमाले नगर कमिटीले सिफारिस गरेको हो ।
पार्टीका जिल्ला उपाध्यक्ष व्याञ्जुले अन्य नगरपालिकामा उम्मेदवारका आकांक्षी धेरै भएकाले नाम सिफारिस हुन नसकेको उल्लेख गर्दै वडास्तरमा ७० प्रतिशत उम्मेदवारको टुंगो लागेको जानकारी दिए ।
उनकाअनुसार पनौती नगरपालिकामामात्रै ८ जनाको नाम प्रस्तावित भएको छ ।
जिल्लामा ६ नगरपालिका र सात गाउँपालिका छन् । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
एमालेले निर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई यही वैशाख ७ गतेको समय निर्धारण गरेको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्