
पहाडी अफ्ठ्यारो बाटोबाट गहिरो खोंचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेका स्थानीय सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
हिमाञ्चल प्रदेशअन्तर्गत् पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भिक विवरणअनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको खबर आफूलाई प्राप्त भएको बताए ।
घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन् ।
बुधबार दिउँसो ५६ जना यात्री लिएर गइरहेको बस टोनस नदीमा खसेको रोहनले जानकारी दिए ।
हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा दुर्घटना भएको हो । रासस/एएफपी/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्