Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राप्रपाको गतिविधिप्रति निर्वाचन आयोगको आपत्ति


0
Shares

स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन अन्तिम तयारीमा जुटिरहेकाबेला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचन आयोगले गरेको निर्णय जलाउनेलगायतका क्रियाकलापले आयोग मर्माहत भएको प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘नेपालको संविधान र कानुनअनुसार आयोगले कार्यसन्चालन गरिरहेका अवस्थामा कानुनअनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोगले गम्भीर आपत्ति प्रकट गर्दछ ।’

भविष्यमा यस्ता गतिविधि दोहरिन नदिन आयोगले उक्त पार्टीको ध्यानाकर्षण गराएको जनाएको छ । रासस