२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


दोलखामा निर्वाचनका लागि वैधानिक रुपमै २५ करोड रुपैयाँ खर्च हुने


0
Shares

निर्वाचन ऐन र चुनाव आचारसंहिता अनुसार दोलखामा रहेको २ नगरपालिका र ७ गाउँपालिकामा उम्मेदवारहरुले गर्ने खर्च करिब २५ करोड हुने देखिएको हो ।

मूख्य प्रतिष्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालगायत केही साना दलले कानूनले व्यवस्था गरेअनुरुपै खर्च गर्दा पनि यति रकम खर्च हुने भएको हो ।
दलहरुले मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामग्रीलगायत १० शीर्षकमा खर्च गर्न सक्ने छन् ।

दोलखामा भीमेश्वर र जिरी गरी २ नगरपालिकाबाट प्रमुख र उप्रमुख गरी ४ तथा ७ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १४, वडाध्यक्ष र सदस्य गरी ३ सय ७० जना निर्वाचित हुनेछन् । यसैगरी जिल्ला समन्वय समितितर्फ भने प्रमुख र उपप्रमुख र अरु सदस्य सात जना निर्वाचित हुनेछन् ।