३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आतंकवादीको निशानामा !


0
Shares

करिब एक दर्जनको संख्यामा आतंकवादीहरु उत्तर प्रदेश प्रवेश गरिसकेको सूचना प्राप्त भएको पनि गुप्तचरहरुको भनाइ छ । गुप्तचर विभागसहितका निकायले पाएको जानकारी लखनउ प्रहरी मुख्यालयमा पठाइसकिएको पनि भारतीय संचारमाध्यमहरुले गुप्तचर स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।

लन्डनमा रहेका केही कश्मिरी आतंकवादीले यस्तो षड्यन्त्र रचेको बताइएको छ । उनीहरुले कश्मिरकै युवालाई उत्तर प्रदेशमा परिचालन गरेको पनि भारतीय संचारमाध्यमले गुप्तचर निकायलाई उद्धृत गर्दै जनाएका छन् ।

उल्लेखनीय छ, मोदीले २१ जुनमा लखनउमा आयोजना हुने योग सम्बन्धी एक कार्यक्रममा सहभागिता जनाउने सम्भावना छ । सोही समय उत्तर प्रदेशमा पठाइएका आतंकवादीलाई हमलाको निर्देशन भएको हुन सक्ने सुरक्षा स्रोतको ठहर छ । (एजेन्सी)