
राजधानीमा निर्वाचन आयोग र महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाले संयुक्तरुपमा गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनु सबैको जिम्मेवारी भएको उल्लेख गरे ।
प्रजातन्त्रको अनुभूति र स्वतन्त्र अभ्यास गर्न चुनावको विकल्प नभएकाले यसलाई सम्पन्न गर्न आयोगले तिव्र गतिमा काम अघि बढाईरहेको उनले बताए ।
निर्वाचनको उम्मेदवारी मनोनयनको काम वैशाख १६ गतेबाट शुरु हुने भएकाले अब निर्वाचनको ‘काउन्ट डाउन’ शुरु भएको उनको भनाइ थियो ।
स्थानीय तहमा कायम सामाजिक, सांस्कृतिक र अन्य भेदभाव अन्त्य गर्न पनि चुनावको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । मतपत्र छपाई, मतदाता परिचय पत्रलगायतको काम सकिएकाले अब जिल्ला जिल्लामा ढुवानी गरिने जानकारी उनले दिए ।
स्थानीय निर्वाचनबाट ३६ हजार ६ सय ३९ जनप्रतिनिधि चुनिँदै छन् ।
प्रतिक्रिया दिनुहोस्