
३३ वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २१०, ११ वडा भएको अन्नपूर्ण गाउँपालिका, ९ वडा भएको माछापुछ्रे गाउँपालिका र १२ वडा भएको मादी गाउँपालिकामा २१/२१ र सात वडा रहेको रुपा गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता छन् । कुल मतदातामा पाँचजना तेस्रोलिंगी पनि समावेश छन् ।
कार्यालयले गत वर्षको पुस १० देखि माघ १५ गतेसम्म टोली खटाइ फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । जसबाट चार हजार ३८५ नयाँ मतदाता थपिएका थिए ।
महानगरपालिकामा एक लाख ६८ हजार ६७, अन्नपूर्णमा १५ हजार ५६९, माछापुछ्रेमा १६ हजार ३०१, मादीमा १३ हजार ५५९ र रुपामा १३ हजार ३१६ मतदाता छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका एक लाख ९७ हजार ६६८ मतदाताले मतदान गरेका थिए । निर्वाचनबाट जिल्लामा कुल ३८१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
महानगरमा एक प्रमुख एक उपप्रमुख, चार गाउँपालिकामा चार अध्यक्ष/चार उपाध्यक्ष,महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १४४ वडा सदस्य, ७२/७२ महिला सदस्य र दलित महिला सदस्य निर्वाचित हुनेछन् भने नगरसभा र गाउँसभाले ११ जना दलित र अल्पसंख्यकबाट मनोनीत गर्ने प्रावधान रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्