काठमाडौं, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, प्रदेश नम्बर–३, गन्डकी प्रदेश, प्रदेश नम्बर–५ र कर्णाली प्रदेशका प्रदेशप्रमुखले बुधबार अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेट गरे ।
त्यसअवसरमा प्रदेशप्रमुखले हालसम्म सम्पादन गरेका कार्यकाबारेमा जानकारी दिनुका साथै आ–आफ्ना अनुभव सुनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया दिनुहोस्